कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, ७५८ जना संक्रमणमुक्त

२०७८ कार्तिक ३ बुधबार १६:३९:०० मा प्रकाशित

काठमाडौं । नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ५३५ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२७ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या ८०७०५२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ७५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ७८४१५५ पुगेको छ । त्यस्तै कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ११३१८ पुगेको छ ।

काठमाडौंमा १९५, भक्तपुरमा २३ र ललितपुरमा ३५ जना संक्रमित थपिएका छन् । क्वारेन्टाइनमा २२७ जना छन् भने आइसोलेसनमा ११५७९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर