च्याम्पियन्स लिगमा लिभरपुल र रियाल मड्रिडको जित

२०७८ कार्तिक ३ बुधबार १४:३३:०० मा प्रकाशित

च्याम्पियन्स लिगको समूह चरणको खेलमा लिभरपुल र रियाल मड्रिडले आ आफ्नो खेलमा जित हात पारेका छन् । गएराति भएको खेलमा लिभरपुलले दश खेलाडीमा समेटिएको  एटलेटिको मड्रिडलाई  ३–२ गोलले हरायो ।  

लिभरपुलको जितमा  मोहम्मद सलाहको उच्च प्रदर्शन रह्यो । लिभरपुलले एट्लेटिकोको मैदानमा आठौं मिनेटमा सलाहको गोलमार्फत अग्रता लिएको थियो । १३ औं मिनेटमा नेबी केइटाले टिमका लागि दोस्रो गोल थपे । रोमान्चक र प्रतिस्पर्धात्मक बनेको   खेलको २० औं मिनेटमा एट्लिटकोले गोल फर्कायो । उसका लागि एन्टोइन ग्रिजमनले गोल गरेका थिए । ३४ औं मिनेटमा ग्रिजमनलेनै गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो ।

तर दोस्रो हाफ घरेलु टोलीका लागि सुखद रहेन । ५२ औं मिनेटमा ग्रिजमनले रातो कार्ड पाए । ७८ औं मिनेटमा सलाहले   पेनाल्टीमा गोल गरेपछि योर्गन क्लोपको टोलीले तीन दुइको जित निकाल्यो । यो सँगै सलाह लिभरपुलका लागि च्याम्पियन्स लिगमा सर्वाधिक  गोल गर्ने   खेलाडी बनेका छन् ।

उनले अहिलेसम्म ३१ गेल गरेका छन् । जुन स्टेभन जेरार्ड भन्दा एक गोल बढी हो । इजिप्टका स्ट्राइकर सलाह लिभरपुलको इतिहासमै  सवै प्रतिस्पर्धामा गरी लगातार ९ खेलमा गोल गर्ने पहिलो खेलाडी हुन् । समुह बी मा रहेको लिभरपुल तीन खेलमा तीनमा जित हात पार्दै तालिकाको शीर्ष स्थानमा छ ।

४ अंकसहित एट्लेटिको दोस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा पोर्टोले  एसी मिलानलाई एक शून्य गोलले हरायो । एसी मिलानको यो लगातार तेस्रो हार हो । रियालले शाख्तर डोनेस्कलाई ५–० गोलले हरायो । रियालको जितमा भिनियसिय जुनियरले २, रोद्रिगो र करिम बेन्जिमाले १–१ गोल गरे । एक गोल आत्मघाती भएको थियो । आयाक्सले बोरुसिया डर्टमन्डलाई ४–० ले  पराजित गर्यो । 
 

ताजा खबर