आखिर ‘मुगल’ बाट किन निकालिए अक्षय कुमार  

२०७४ मङ्सिर २७ बुधबार १३:३३:०० मा प्रकाशित

मुम्बई । आउने वर्ष बलिउड स्टार अक्षय कुमारको लागि एकदमै राम्रो वर्ष हो । यो किनभने नयाँ वर्षमा उनको तीनवटा ठुला बजेटका फिल्महरु प्रर्दशनमा आउँदैछन् । ‘गोल्ड’, ‘पैडमैन’, र ‘२.०’ उनको प्रर्दशन आउन लागेका फिल्महरु हुन । यही मार्च महिनामा नायक अक्षय कुमारले ‘मुगल’ नाम गरेको फिल्मको पनि घोषणा गरेका थिए, जुन संगीतकार गुलसन कुमारको बायोपिकमा बन्न लागेको  थियो । अक्षयले फिल्मको पोस्टर सोसल मिडिया पनि शेयर गरेका थिए । तर अब यस फिल्मबाट अक्षय बाहिरीएका छन् भनेर बिभिन्न भारतीय संचार माध्यमहरुबाट खबर आएको छ ।

रिपोर्टको अनुसार, फिल्मको निर्माता र अक्षय बिच केही मनमुटावको कारणले अक्षयले यो फिल्म छोडेका हुन । अक्षयलाई निर्देशक सुभाष कपुरको स्क्रिप्टलाई लिएर केही समस्या थियो र उनले स्क्रिप्टलाई थोरै मिलाउनु पनि भनेका थिए तर निर्देशक कपुर यसमा सहमत भएनन् । त्यसैले नायक अक्षय कुमारलाई फिल्म छोड्नु नै उचित सम्झे र उनले फिल्म छाडे ।

अहिले बलिउड फिल्म नगरी अब अक्षयको ठाउँमा फिल्म ‘मुगल’ मा को आउने हो भन्ने निकै ठुलो चर्चाको विषय बनेको छ । एजेन्सी 
 
 

ताजा खबर