श्रीलङ्काद्वारा नामिबिया ७ विकेटले पराजित

२०७८ कार्तिक २ मंगलबार १२:११:०० मा प्रकाशित

आइसीसी टि ट्वान्टी विश्वकपको आफ्नो पहिलो खेलमा श्रीलङ्काले नामिबियालाई ७ विकेटले पराजित गरेको छ । नामिबियाले दिएको ९७ रनको झिनो लक्ष्य श्रीलङ्काले १३ ओभर ३ बलमै मात्र ३ विकेट गुमाएर पुरा गर्यो । श्रीलङ्काले पनि सुरुवात राम्रो गर्न सकेन ।

३६ रनमा माथिल्लो क्रमका तीन ब्याट्समान  पवेलियन फर्किएका थिए । कुशल परेरा ११, पाथुम निकासान्का ५ र दिनेश चान्डिमल ५ रनमा आउट भए । तर चौथो विकेटका   लागि आभिष्का फर्नान्डो र भानुका राजापाक्षले अविजित ७४ रनको साझेदारी गरे ।

भानुकाले २७ वलमा ४४ रनको योगदान गरे । उनले चार चौका र २ छक्का प्रहार गरेका थिए । फर्नान्डोले २८ वलमा ३२ रन जोड्दा २ छक्का हिर्काएका थिए । रुवेन ट्रम्पलमन, बर्ननार्ड स्कोल्ट्ज र जेजे स्मिथले १–१ विकेट लिए । यसअघि  अबु धाबी स्थित जायद क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको नामिबिया १९ ओभर ३ वलमा ९६ रनमा अल आउट भएको थियो ।  श्रीङ्कन वलरको धारिलो बलिङ  सामु नामिबिया निरिह सावित भयो ।

उसका कुनैपनि खेलाडी बीच गतिलो साझेदारी हुन  सकेन् । तीन खेलाडीले मात्र दोहोरो रन जोड्न सके । क्रेग विलियम्सले सर्वाधिक २९, गेरहार्ड इरास्मसले २० र स्मिथले १२ रन बनाएका थिए । माहिश थिक्सानाले ४ ओभरमा २५ रन खर्चिएर ३ विकेट लिए ।

लाहिरु कुमाराले तीन दशमलब तीन ओभर वल फाल्दै मात्र ९ रन दिएर २ विकेट हात पारे । वानिन्डु हसरंगा डि सिल्भाले २ ,  चामिका कुमारारत्ने र दुश्मान्था चामिराले १–१ लिए । समुह ए मा रहेको श्रलङ्काले २ अंक जोडेको छ ।  यसै समुहको आयरल्यान्डको पनि दुई अंकनै छ । आयरल्यान्डले नेदरल्यान्डसलाइ ७ विकेटलेनै हराएको थियो ।   
 

ताजा खबर