कटहरीयामा युवासँग महालक्ष्मी लाईफ कार्यक्रम

२०७८ कार्तिक १ सोमबार २१:२८:०० मा प्रकाशित

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले रौतहटको कटहरीया नगरपालिकामा “युवा सँग महालक्ष्मी लाईफ”कार्यक्रम सम्पन्न गरेको छ । यही असोज ३० गते जनता माध्यमिक विद्यालय भवनमा संचालित बीमा जागरण कार्यक्रममा ४० जना भन्दा बढी युवाहरूको सहभागिता थियो ।

महालक्ष्मी लाईफक क्षेत्रीय प्रमुख दिगम्बर प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमा जागरण अभियानका केन्द्रीय सदस्य रिषिकान्त गुप्ता, जिल्ला सदस्य रोहित कुमार गुप्ता र राजेश कुमार साहले बीमाको महत्व बारेमा जानकारी गराएका थिए । क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमपछि बीमा जागरण राष्ट्रिय अभियान रौतहट जिल्ला कमिटी गठन गर्ने विषयमा छलफल तथा सहमति भएको छ ।

२०७८ आश्विन महिनाबाट सुरु भएको “युवा सँग महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत एक महिनाको अवधिमा नौ वटा जिल्लाका १२ स्थानमा सम्पन्न भैसेकेको छ ।कार्तिक महिना भित्र थप ६ वटा जिल्लामा  कार्यक्रम सम्पन्न गरी प्रत्येक जिल्लामा ११ देखि २१ सदस्यीय बीमा जागरण  राष्ट्रिय अभियानको जिल्ला कमिटी गठन गरी उनीहरुमार्फत जिल्ला भित्र बीमा जनचेतना कार्यक्रमलाई अझै प्रभावकारी रुपमा लिएर जाने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

ताजा खबर