सिन्धुपाल्चोक केन्द्र भएर दुई वटा परकम्प

२०७८ कार्तिक १ सोमबार १६:४७:०० मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो लगातार दुई वटा परकम्प गएको छ । सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.६ रेक्टरस्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभइ गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।
यसअघि आइतबार बिहान गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ं.३ रेक्टर स्केलको परकम्प गएको थियो ।

ताजा खबर