कोरोना संक्रमणबाट एक जनाको मृत्यु, ८४५ जना संक्रमणमुक्त

२०७८ असोज ३० शनिबार १६:३५:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८०४६५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८४५ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७८०७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११२७८ पुगेको छ । क्वारेन्टाइनमा २३१ जना छन् भने आइसोलेसनमा १२५९८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर