मुगुमा बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु

२०७८ असोज २६ मंगलबार १६:००:०० मा प्रकाशित

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रु बस दुर्घटना हुँदा कम्तीमा २२ जनाको मत्यु भएको छ भने १८ जना घाइते भएका छन् । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढी गइरहेको भे १ ख ३१६७ नम्बरको बस पिना झ्यारीखोलामा दुर्घटना भएको हो ।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार अहिले प्रहरी टोली र स्थानीयहरु उद्वारका लागि घटनास्थलमा पुगेका छन् । बस दिउँसो २ बजेतिर दुर्घटनामा परेको हो । उद्दारको काम भइरहेको र शव पनि संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी महतले जानकारी दिए । अहिले नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारका लागि घटनास्थलमा पुगेका छन् ।

 

ताजा खबर