सन्दीप लामिछाने बने ‘आईसीसी प्लेयर अफ द मन्थ’

२०७८ असोज २५ सोमबार २१:००:०० मा प्रकाशित

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने र इङ्ल्याण्डकी हिथर नाइट सेप्टेम्बर महिनाका लागि ‘आईसीसी प्लेयर अफ द मन्थ’ विजेता बनेका छन् । लेग स्पिनर लामिछाने र इङल्याण्डको महिला क्रिकेट टोलीकी क्याप्टेन नाइट अरु कडा प्रतिस्पर्धीका बीच भोटिङ मार्फत् छनौट भएका हुन् ।

सन्दीपसँगै बंगलादेशका अर्का खेलाडीनासुम अहमद र अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्राले सेप्टेम्बर महिनामा राम्रो प्रदर्शन गरेका थिए । यसै वर्ष भएका पपुवा न्युगिनी र ओमानसँगको खेलमा गरेको प्रदर्शन र देखाएको कौशलका कारण लामिछाने उत्कृष्ट खेलाडी छानिएका हुन् । यस्तै इङ्ल्याण्डकी नाइट अरु दुई खेलाडी चार्ली डिन र साउथ अफ्रिकी खेलाडी लिजेले लीलाई पराजित गर्दै ’प्लेयर अफ द मन्थ’ छनौट भएकी हुन् ।

 

ताजा खबर