कास्कीको घान्द्रुकमा जीप दुर्घटना, ८ जनाको मृत्यु

२०७८ असोज २५ सोमबार १६:२३:०० मा प्रकाशित

पोखरा । पोखराबाट कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक गइरहेको जीप सोमबार अपराह्न दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा सडकबाट अन्दाजी डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ । 

घान्द्रुकको हुँदु कटेपछि घान्द्रुक गाउँ पुग्नु अघिको कलाभिरमा जिप ब्याक हुँदा सडकबाट झण्डै डेढ सय मिटर तल मोदी खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।
जीपमा चालकसहित १० यात्रु सवार रहेका थिए । स्थानीयवासीका अनुसार एक जनाको उद्धार गरिएको र अधिकाँसको मृत्यु भएको छ । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए ।

स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको अन्नपूर्ण–११ का वडाध्यक्ष हिम गुरुङले जानकारी दिए । जीप रिजर्भ गरेर घुम्नका लागि आएका पर्यटक दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए । 
 

ताजा खबर