कलाकार मनोज गजुरेलले गरे विवाह

२०७८ असोज २५ सोमबार १३:३७:०० मा प्रकाशित

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेल मन्जु पोखरेलसँग विवाह बन्धनमा बाँधिएका छन् । सोमबार सामाजिक संजालमार्फत गजुरेलले असोज २५ गते डोलेश्वर मन्दिरमा विवाह गरेको बताएका छन् ।

मनोज गजुरेलको ४ वर्षअघि डिभोर्स भएको थियो । उनले आफूले केही वर्पदेखि बच्चाहरुको एक्लै हेरचाह गरिरहेको र जीवनयात्रामा आफूलाई पनि सहयात्रीको आवश्यकता महसुस गरी विवाह गर्ने निर्णय लिएको बतएका छन् ।

गजुरेलका अनुसार मन्जु कानुन सेवाकी अधिकृत हुन् । उनले लेखेका छन्, ‘एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने वाचा गर्यौं । अगाडि आईपर्ने सुख÷दुःखलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं । हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतीले पनि ठूलो मद्धत गर्यो ।’

उनले निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जोड्ने, विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्न पनि अनुरोध गरेका छन् ।

 

 

ताजा खबर