बल्ल बाँधियो विराट–अनुष्का को लगनगाँठो 

२०७४ मङ्सिर २६ मंगलबार १४:३९:०० मा प्रकाशित

मुम्बई । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माले इटाली पुगेर विवाह गरेका छन्। एक निजी समारोहबिच उनीहरुले बिवाह गरेका हुन । दुबैले २९ वर्षको विवाह गरेका हुन । 

सामाजिक सञ्जालमा विवाहको घोषणा गर्दै अनुष्का र विराटले  लेखेका छन् ‘ हामी आज सदाका लागि  एकअर्कामा  बाधिएका छौं ,’ हामी दुबै प्रेममा बाधिएको प्रतिज्ञा गछौं ।

परिवारका निकट व्यक्तिहरु मात्र उपस्थित विवाह समारोहमा उपस्थित रहेको  भारतीय संचार माध्यमले जनाएको छ । 

उनीहरुले यसै महिना मुम्बर्इमा एक भव्य पार्टी दिने योजना पनि बनाएको छन् । एजेन्सी 

ताजा खबर