कोरोना संक्रमणबाट १० जनाको मृत्यु, १०३३ जना संक्रमणमुक्त

२०७८ असोज २२ शुक्रबार १६:२२:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७१५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८००९९७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७४१७३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११२१० पुगेको छ । क्वारेन्टाइनमा २४१ जना रहेका छन् भने आइसोलेसनमा १५६१४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर