मुक्तिनाथ कृषि कम्पनीले सेयर निष्काशन गर्दै

२०७८ असोज २१ बिहीबार २०:४१:०० मा प्रकाशित

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चार करोड बराबरको ४ लाख कित्ता सेयर निष्काशन गर्ने भएको छ । वि.सं २०७५ सालमा १ अर्व अधिकृत पुँजि र ४० करोड जारी पुँजि सहित स्थापना भएको कम्पनीमा १० प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो ।

मुक्तिनाथ कृषि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरेको छ । बिहीबार कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठबीच यसबारे सम्झौता भएको हो । उल्लेखित सम्झौता अनुसार यहि वर्षको चैत्र मसान्त भित्र निष्काशनको सबै प्रकृया पुरा गरी जारी गर्ने लक्ष लिएको छ ।

मुक्तिनाथ बिकास बैंक लि। लगायत नेपालका ८६३ जना भन्दा बढि सफल व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि अर्थतन्त्रमा टेवा पुर्याउन कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्दे आइरहेको छ ।

कम्पनीले देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लागि सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको छ ।

कृषि क्षेत्रमा काम गर्ने अभिप्रायले नीजि क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीहरु मध्ये सर्वसाधारणको लागि यो धितोपत्र निष्काशन पहिलो हुने कम्पनीले जनाएको छ ।

ताजा खबर