क्राइम फाइल्स कार्तिकदेखि कान्तिपुर टेलिभिजनमा प्रशारण हुने

२०७८ असोज २१ बिहीबार १८:१६:०० मा प्रकाशित

काठमाडौं । अपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स आगामी कार्तिक महिनादेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ ।

नेपालभित्रै घटेका विभिन्न किसिमका अपराधिक घटनाहरुको नाट्य रुपान्तरण क्राइम फाइल्समार्फत प्रस्तुत गरिने छ । नेपाल प्रहरीले सुल्झाएका धेरै अपराधिक घटना मध्ये न्यायको दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथाहरु समेटेर क्राइमफाइल्स निर्माण गरिएको हो । यस कार्यक्रमले जनतालाई थप सजग र सतर्क बनाउने विश्वास क्राइमफाइल्स टोलीले लिएको छ ।

कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ भने सह–प्रायोजकमा सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयल रहेका छन् । कार्यक्रमलाई एड प्याड र रोमा प्रोडक्सनले निर्माण गरेका हुन् भने कार्यक्रमको मेकिङ टि–फोल्क्स प्रोडक्सनले गरेको हो । क्राइम फाइल्सको बजार व्यवस्थापन एड रिलिजले गर्ने छ र यसको होस्ट सुरज गिरीले गर्नेछन् ।
 

ताजा खबर