सेभेन थ्री स्पोर्टसँगको सम्झौता रद्द गर्ने क्यानको निर्णय

२०७८ असोज २१ बिहीबार १६:००:०० मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले पाएका छन् । क्यानको दुई दिन बसेको केन्द्रीय कार्यसमितिको बैठकले सचिवको जिम्मेवारी मल्ललाई सुम्पेको हो ।

क्यान सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले गत साता पदबाट राजीनामा घोषाणा गरेका थिए। यस्तै बैठकले क्यानको वाार्षिक साधारण सभाा मंसिर २९ गते गर्ने निर्णय गरेको हो। क्यानको आफ्नो जिल्ला संघ विस्तार गर्ने क्रममा कर्णाली प्रदेशका कालिकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता प्रदान गरेको छ ।

यस्तै क्यानले आयोजना गर्ने नेपाल टि२० लिगका लागि भारतिय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग सम्झौता गरेपनि सम्झौता अनुरुपको कार्यहरु सम्पन्न गर्न नसकेको हुँदा सम्झौता रद्द प्रक्रिया अघि बढाउने भएको छ। 

ताजा खबर