सन्दीप लामिछाने आइसीसी प्लेयर अफ द मन्थको मनोनयनमा

२०७८ असोज २१ बिहीबार १२:१०:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछाने आइसीसी प्लेयर अफ द मन्थको मनोनयमा परेका छन् । आइसीसीले बिहीबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयमा सन्दीप समावेश भएका हुन् ।

सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिकाका जसकरण मलहोत्रा पनि मनोनयमा  रहेका छन् । सन्दीप आइसीसीको प्लेयर अफ द मन्थको मनोनयमा पर्ने दोस्रो नेपाली खेलाडी हुन्   ।

यसअघि कुशल भुर्तेल अप्रिल महिनाको मनोनयनमा परेका थिए । सन्दीपले अघिल्लो महिना नेपालको ओमान भ्रमणमा उत्कृष्ट प्रदर्शन गरेका थिए । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरिका र ओमान सम्मिलत त्रिकोणत्मक सिरिज र पपुवा न्युगिनीसँगको दुई  एकदिवसीय खेलमा सन्दीपले शानदार वलिङ गरेका थिए ।

ओमान भ्रमणका कुल ६ खेलमा सन्दीपले १८ विकेट लिएपछि आइसीसीको प्लेयर अफ द मन्थमा पर्न सफल भएका हुन् । अर्को सोमबार विजेता घोषणा हुनेछ । मतका आधारमा विजेता छानिनेछ । 
 

ताजा खबर