युरोकप २०२४ को आधिकारिक लोगो सार्वजनिक

२०७८ असोज २० बुधबार ११:१८:०० मा प्रकाशित

मिनि विश्वकप मानिने युरोकप २०२४ को आधिकारिक लोगो सार्वजनिक भएको छ । युरोपियन फुटबल महासंघ युएफा र आयोजक राष्ट्र जर्मनीले वर्लिनस्थित ओलम्पिक स्टेडियममा विशेष कार्यक्रमको आयोजना गरी लोगो सार्वजनिक गरेका हुन् ।

यो युरोकप पर्यावरण अनुकुल  हुने बताइएको छ । युएफाका अध्यक्ष अलेक्जेन्डर सेफरिनले  युरो २०२४ वातावरणमैत्री, हरियाली र प्रदूषणरहित हुने दाबी गरेका छन् । अहिलेसम्मको उत्कृष्ट युरो हुने अपेक्षा गरिएको छ ।  लोगोमा युरोका ५५ सदस्य राष्ट्रको झन्डा र  झन्डामा प्रयोग भएको रंग समावेश गरिएको छ ।  युरो २०२४ का निर्देशक तथा जर्मनीका पूर्व खेलाडी फिलिप ल्हामले एक उत्कृष्ट फुटबल प्रतियोगिता आयोजना गर्न चाहेको बताएका छन् ।

यो एक फुटबल उत्सव भन्दा बढी हुने उनको भनाइ छ । यो युरो सवैलाई एकजुट गर्ने फुटबलको चाड बन्ने ल्हामको विश्वाश छ ।  २०२४ को युरोकपमा सवै स्थानमा समर्थकलाई स्वागत गरिने पनि ल्हामले बताए ।

२०२०  मा हुने तालिका रहेको युरोकप कोभिडका कारण यसै वर्षको जुन जुलाइमा युरोपका बिभिन्न शहरमा आयोजना गरिएको थियो । जसमा इटालीले इङल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो । २०२४ को जुन जुलाइमा हुने युरो  जर्मनीका दश शहरमा हुनेछ ।  २४ टिमको सहभागिता रहनेछ प्रतियोगिताको विस्तृत विवरण २०२२ को सुरुमा आउने युएफाले जानकारी दिएको छ ।
 

ताजा खबर