भैरहवा र काठमाडौ बीचको खेल रद्ध

२०७८ असोज १९ मंगलबार २३:५४:०० मा प्रकाशित

काठमाडौं । चिसो मैदानका कारण  भैरहवा ग्लेडियटर्स र काठमाडौ किंस इलेभेन बीच मंगलबार हुने तालिका रहेको लिग चरणको खेल रद्ध भएको छ ।  यो नतिजाले सन्दीप लामिछानेको टोली काठमाडौलाई फाइदा पुग्दा भैरहवा भने घाटामा रह्यो ।

वर्षाका कारण टियु मैदान खेल्न योग्न नहुँदा टसनै नभइ खेल रद्ध भएको हो । अंक बाँडेपछि काठमाडौले प्ले अफमा स्थान बनाएको छ ।  यो सँगै साविक विजेता ललितपुर पेट्रियटर्स भने  लिग चरणबाटै बाहिरियो  । यदि आज खेल भएको भए र काठमाडौ हारेको भए ललितपुर प्ले अफ पुग्ने थियो ।

पाँच खेलबाट समान तीन अंक भएपनि रन रेटका आधारमा काठमाडौले ललितपुरलाई पछि छोडेको हो ।  भैरहवालाई भने यो नतिजाले क्वालिफायर पुग्ने अवसरबाट बञ्चित गरायो । तेस्रो स्थानमा चित्त बुझाएको भैरहवा र दोस्रो स्थानको पोखरा राइनोजको समान ७–७ अंक छ ।

 यस्तोमा प्रतियोगिताको नियमावली अनुसार धेरै खेल जित्ने टोलीलाई अघि राखिन्छ । पोखराले तीन र भैरहवाले ३ खेल जितेको थियो । यसअघि भैरहवाले पोखरा राइनोजसँग पनि अंक बाडेको थियो । ललितपुर संगको खेल टाइ भएको थियो । शीर्ष स्थानको चितवन टाइगर्स र दोस्रो भएको पोखरा बीच पहिलो क्वालिफायर हुनेछ ।

 एलिमिनेटरमा भैरहवा र काठमान्डौ भिड्नेछन् । पहिलो क्वालिफायरको विजेताले फाइनलमा स्थान बनाउनेछ । हार्ने टिमले एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायर र एलिमिनेटर भोलि खेलाइनेछ । दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।  पहिलो क्वालिफायर र दोस्रो क्वालिफायर बीचको विजेता शनिबार उपाधिका लागि आमने सामने हुनेछन् ।  

ताजा खबर