बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

२०७८ असोज १९ मंगलबार २१:१६:०० मा प्रकाशित

चितवन । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको खैरहनी नगगरपालिका–१३ का २५ वर्षीय दिनेश बोटे रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार मंगलबार मध्यान्ह घाँस काट्न जाने क्रममा सामुदायिक वनभित्र बाघले आक्रमण गरेको थियो । बाघले आक्रमण गरेका बोटेको शव फेला परेको प्रहरीले जनाएको छ ।

ताजा खबर