दुई लाख घुससहित सिँचाई डिभिजनका सव–इन्जिनियर अख्तियारको नियन्त्रणमा

२०७८ असोज १९ मंगलबार १७:३५:०० मा प्रकाशित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं बसुन्धराको जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयका सव–इन्जिनियर दीपेन्द्रकुमार केसीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

कलभर्ट निर्माणको ठेक्का अनुसार काम सकिएपछि अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो । उजुरीपछि गएको अख्तियारको टोलीले २ लाख रुपैयाँ घुससहित केसीलाई पक्राउ गरेको हो ।

ताजा खबर