फेसबुक सर्भर डाउन: सुरक्षाभन्दा नाफामा जोड दिँदाको परिणाम ?  

२०७८ असोज १९ मंगलबार १५:०७:०० मा प्रकाशित

काठमाडौं । कोही भिडियो च्याटीङ गरिरहेका थिए । कोही तस्वीर अपलोड गरिरहेका थिए । अनि कोही दरिला स्टाटस पोष्ट गर्दै लाइक र कमेन्ट नियालीरहेका थिए । 

सोमबार नेपाली समय अनुसार ९ बजेर २६ मिनट जाँदा फेसबुक अचानक बन्द भयो । फेसबुक पृष्ठ खुलिरहेको ब्राउजरमा ‘डिएनस इरर’ देखियो । 

कतिपयलाई लाग्यो, ब्राउजरमै कुनै समस्या होला । तर, अन्य साइट त खुलिरहेकै थिए । केहीबेर फेसबुक प्रयोगकर्ता अन्योलमै रहे । जब ट्वीटरमार्फत फेसबुकले सर्भर डाउन भएको भन्दै क्षमा माग्यो, तब विश्वभरका प्रयोगकर्ता मानौं स्तब्ध नै भए । 

सर्भर डाउन भएकाले फेसबुक, ह्वाटस्एप र इन्स्टाग्राम विश्वभरी खुलेन । यी साइटका सामान्य प्रयोगकर्ता मात्र हैन, धेरै व्यापारीक कम्पनीको काम ठप्प भयो । मानिसको जीवनशैलीको अभिन्न अंग भइसकेका सामाजिक संजाल बन्द हुँदा धेरैको मन खिन्न भयो, मानौं जीवनमा केही रिक्तता छाएजस्तो । 

करीब ६ घन्टा बन्द रहेका फेसबुक र इन्स्टाग्राम मंगलबार विहान ३ बजेर ४० मिनट जाँदा सुचारु भए । ह्वाट्सएप पनि ७ घन्टा जति बन्द भयो र विहान ४ बजेर ३५ मिनटमा खुल्यो । प्रयोगकर्तामा हर्षको बहार छायो, पुनः उनीहरु सामाजिक संजाल र एपमा जोडिए । 

फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप तिनै मार्क जुकरबर्गकै भएकाले सबैको सर्भर आपसमा जोडिएका छन् । यही कारण प्रविधिमा गडबडी हुनासाथ तिनवटै माध्यम अवरुद्ध भए । तैपनि अहिलेसम्म के कति कारणले सर्भर डाउन भएको हो भन्नेबारे फेसबुकले खुलाएको छैन ।
 
कसरी भयो, डिएनस फेल ? 

फेसबुकको डिएनस फेल भएकै कारण फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम यसरी बन्द भएको देखिन्छ । डिएनस अर्थात डोमेन नेम सिस्टम फेल हुँदा फेसबुकसम्म पुग्ने प्रयोगकर्ताहरुको इन्टरनेट रुट अवरुद्ध भयो । किनकी, डिएनसले नै कुनै पनि वेबसाइटलाई आइपी ठेगानामा परिणत गरेर प्रयोगकर्ताले खोल्न चाहेको पेजसम्म पु¥याउँछ ।
 
फेसबुक डिएनस आखिर किन फेल भयो त ? यसबारेमा विभिन्न अड्कल काटिदैछ । साइबर विज्ञहरुका अनुसार फेसबुकका सबै ‘बिजीपी (बोर्डर गेटवे प्रोटोकल)’ रोकिए । जसका कारण डिएनस फेल भयो र विश्वर फेसबुक बन्द भयो । बिजीपी रुटकै माध्यमबाट डिएनसले काम गर्ने हो । तर, बिजीपी अवरुद्ध हुनुको कारण भने अहिलेसम्म आधिकारीक रुपमा खुलेको छैन ।

फेसबुक, हवाट्सएप र इन्स्टाग्राममाथि आइपरेको यो महारुकावटबाट त्यसबेला फेसबुक अधिकारीहरुको हालत चौपट पा¥यो, जब कार्यालयको आधिकारिक ‘मेल सिस्टम’ र कर्मचारीहरुको ‘एक्सेस कार्ड’ सम्मले काम गर्न बन्द गरिदियो । 

रोकिएकै अवस्थामा फेसबुकका मुख्य प्राविधिक अधिकारी माइक स्करोपफेरले विश्वभरका प्रयोगकर्तासँग अवरुद्ध भएकोमा क्षमा मागे र चाँडै सुचारु हुने विश्वास दिलाए । 

आन्तरिक मेल सिस्टम बन्द भएको र कर्मचारीको एक्सेस कार्डसमेत नचलेको जटील अवस्थामा फेसबुकले आफ्नो एउटा टोली क्यालिफोर्नियाको सेन्ट क्लारास्थित डाटा सेन्टरमा पठायो, ताकि बन्द रहेको सर्भरलाई मेन्युअल्ली रिसेट गर्न सकियोस् । तर, त्यहाँ पनि एक्सेस कार्ड चलेन । 

सर्भर रिसेट गर्न गएको टोली ताल्चा फुटालेर सर्भर रुपमा घुस्यो । किनकी, सर्भर ठिक पार्न उनीहरुलाई सर्भरमा भौतिक प्रवेश आवश्यक थियो । अन्ततः सर्भर रुमको ताला तोडेरै टोलीले लामो माथापिच्चीपछि सर्भर ठिक गरे, फेसबुक खुल्यो । 

जुकरबर्गलाई अर्बौको क्षति 

फेसबुकले एक आन्तरीक मेमो जारी गर्दै महा अवरुद्धबाट मानिसहरुमाथि उच्च जोखीम, सम्पत्तिमाथि मध्यम जोखीम र कम्पनीको प्रतिष्ठामाथि उच्च जोखीमको घडी आएकोप्रति सजग गरायो । 

फेसबुकमाथि आइपरेको यो बज्रपातबाट फेसबुकका सिइओ मार्क जुकरबर्गको सम्पत्ति एक दिनमा ७ बिलियन डलर घटेको छ । फेसबुकलाई ८ मिलियन डलरको घाटा भएको    छ । इन्टरनेट ग्लोबल आब्जर्भेटरी (नेटब्लक्स)का अनुसार फेसबुकको यो महारुकावटबाट विश्वकै अर्थतन्त्रमा १६० मिलियन डलरको घाटा व्यहोर्नुप¥यो ।

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मुल्य ४ दशमलव ९ प्रतिशतले घटेको छ । यसका कारण जुकरबर्गको सम्पत्ति घटेको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा जुकरबर्गलाई बिल गेट्सले उछिनेका छन् । अहिले जुकरबर्ग पाँचौं नम्बरमा झरेका छन् । 

६ घन्टासम्म फेसबुक र इन्स्टाग्राम तथा ७ घन्टासम्म व्हाट्सएप बन्द रहेको प्रति फेसबुकले आफ्नो र फेसबुकमा निर्भर अन्य व्यवसायमा भएको क्षतिप्रति क्षमा मागेको छ । फेसबुक सुचारु भएपछि जारी गरिएको बयानमा फेसबुकले अवरुद्ध हुनुको कारण भने खुलाएको छैन । 

सुरक्षाभन्दा नाफाको दौड

फेसबुकमाथि केही दिनअघि एउटा गम्भीर आरोप लागेको थियो । फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हेगनले फेसबुकका कयौं आन्तरीक गोप्य दस्तावेजलाई अमेरिकी मिडिया सामु छताछुल्ल पारेका थिए । फेसबुक प्रयोगकर्ताको सुरक्षाको साटो निजी फाइदामा लागेको उनको आरोप थियो ।

फ्रान्सीस हेगनका अनुसार फेसबुकले आफ्नो प्लेटफर्ममा हिंसा रोक्न कुनै महत्वपूर्ण कदम उठाए । फेसबुकमा हिंस्रक पोष्ट र हिंसा उत्प्रेरित गर्ने खालका अकाउन्ट्स हटाएन । आफ्नो फाइदामा असर पर्ने ठानेरै फेसबुकले हिंशा भाव फैलाउने अकाउन्ट्स बन्द नगरेको हेगनको आरोप थियो । 

ताजा खबर