नेपाल ल्यूव आयलले शेयर धनीलाई ३५ प्रतिशत लाभांस दिने

२०७८ असोज १९ मंगलबार १२:५१:०० मा प्रकाशित

काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हाल विद्यमानकोभिड १९ महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्धि गर्नुको साथै उच्च लाभांश पारित गरेको छ ।

कम्पनीले साधारण सभामार्फत शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको शेयरधनीहरुले खुल्ला प्रशंसा गर्नुभएको छ । 

साधारण सभा भर्चुअलतथा स्वयम् उपस्थितिमा सभा संचालन भएको थियो । त्यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यवस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । स्वयम् उपस्थितिबाट ५३.१२ प्रतिशत र भर्चुअलमाध्यमबाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेका र उपस्थितहरु बीच दुरी कायमका साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सभा सम्पन्न भएको थियो । 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुणकुमार चौधरीले भने, 'नेपाल ल्यूब आयल लिमिटेड, चलिरहेको महामारीले अगाडि राखेका चुनौतीहरुको बावजुद उत्कृष्ट बृद्धि हासिल गर्न सक्षम भएको छ । चालू आर्थिक बर्षको लागी, हामीले गतवर्ष भन्दा विक्री वितरण दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेका छौं । यस्तै बजारमा लुब्रीकेन्ट सहित ब्याट्री र सोही प्रकिृतिको सामान रिटेलरहरु मार्फत कारोवार हुने वस्तु टायरको समेत कारोवार गर्ने लक्ष्य लिएका छौ, जस अन्र्तगतब्याट्री को विक्रीवितरण सुरु भैसकेको छ । कम्पनीले आफ्ना उत्पादित र विक्रिवितरण गरिने वस्तुहरुको गुणस्तर र मानव संशाधनविकासको लागीआफ्नो प्रतिबद्धतालाई सदैव मुख्य मार्गदर्शनको रुपमा लिएर अगाडि बढिरहनेछ ।’
 

ताजा खबर