सर्वाधिक गोलकर्ता बन्ने सपना छः अन्जन विष्ट

२०७८ असोज १९ मंगलबार १०:३१:०० मा प्रकाशित

काठमाडौं । अन्जन विष्टले  राष्ट्रिय टिमबाट सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउने लक्ष्य रहेको बताएका छन् । ‘त्यसका लागि मेहनत गर्न चाहन्छु’,  अन्जनले भने । गएराति भएको श्रीलंकाविरुद्धको खेलमा अन्जनले टिमका लागि दोस्रो गोल गरेका थिए ।

राष्ट्रिय टिमबाट अन्जनको यो छैठौं गोल हो । पोष्ट म्याच कन्फरेन्समा सोधिएको प्रश्नमा उनले अहिलेको मेहनतले सर्वाधिक गोल गर्ने खेलाडी बन्न नसकिने धारणा राखे । प्रशिक्षकले आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिए ।

नेपालमा स्टाइकरले मात्र गोल हान्छ भन्ने धारणा रहेको र अहिले अब्दुल्लाहको आगमन पछि परिवर्तन हुँदै गएको अन्जनको भनाइ छ ।  अन्जन भन्छन,‘अब्दुल्लाहले जुन पोजीसनको खेलाडीले पनि गोल हान्न सक्छ भन्ने मानसिकताको विकास गराएको र श्रीलङ्कासँग मिडफिल्डरले पनि गोल गरे ।  

राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ । उनीहरुले १३–१३ गोल गरेका थिए । सन् २०१४ मा राष्ट्रिय टिममा डेब्यु गरेका अन्जनले विश्वकप छनोटमा २०१९ मा चाइनिज ताइपेइविरुद्ध दुई गोल गर्दै खाता खोलेका थिए । 

ताजा खबर