तीन अंक महत्वपूर्णः प्रशिक्षक अब्दुल्लाह

२०७८ असोज १९ मंगलबार १०:२८:०० मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले श्रीलङ्का विरुद्धको खेलमा कस्तो प्रदर्शन भयो भन्दा पनि तीन अंक महतवपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा गएराति नेपालले श्रीलङ्कालाई तीन दुई गोलले पराजित गरेको थियो ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाहले कठिन प्रतिस्पर्धा भएको र तीन अंक जोडेकोमा खुसी लागेको बताए । साफमा तीन अंक प्राप्त गर्नु ठूलो भएको उनको भनाइ छ ।  मैत्रीपूर्ण खेलमा प्रदर्शन महत्वपूर्ण हुने तर साफमा अंक जोड्न आवश्यक  अब्दुल्लाहको भनाइ छ ।

 पहिलो खेलमा नेपालले घरेलु टोली तथा साविक विजेता  माल्दिभ्सलाई एक शून्य गोलले पराजित गरेको थियो । लगातार दोस्रो जितपछि नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।  अब्दुल्लाहले यो जितले नेपालको फाइनल पुग्ने संभावना बलियो रहेको बताए ।

तर  अब्दुल्लाहले कुन टिमले कसलाई हराउँछ भनेर यकिन गर्न नसकिने हुँदा संयमित हुनुपर्ने धारणा राखे ।  नेपाल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।   नेपालले चीर प्रतिद्वन्द्वी भारतविरुद्ध आइतबार उत्रनु अघि पाँच दिनको आराम पाउनेछ । त्यसअघि हुने खेलको नतिजाले  नेपाल कुन ठाउँमा छ भनेर बुझ्न सजिलो हुने अब्दुल्लाहको भनाइ छ । 
 

ताजा खबर