सरला श्रेष्ठको 'विरोध छैन’

२०७८ असोज १९ मंगलबार ०८:४२:०० मा प्रकाशित

अभिनेता सरोज खनालको निर्देशनमा मार्मिक गीति भिडियो ‘विरोध छैन’ सार्वजनिक भएको छ । सरला श्रेष्ठको रचना समावेश गीतमा गरिबीको पीडा पश्चात परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको बिरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट समेटिएको छ ।

 भिडियोमा नेपाली समाजको यथार्थता देख्न सकिन्छ । पारिवारिक खुशीको लागि वाध्यताबस विदेशमा गर्नु परेको संघर्ष अनि त्यसबीचको प्रेम सम्झनालाई भिडियोमा प्रस्तुत गरिएको छ । रचना रिमालको स्वरको गीतमा संगीत कृति न्यौपानेको छ । कृतिको मिठासपूर्ण संगीतमा रचनाले न्यायपूर्ण स्वर भरेकी छिन् ।

गीतको भिडियोमा मोडलद्वय कुसुम थापा र हेमप्रभास अधिकारीलाई फिचर्ड गरिएको छ । कुसुम र हेमको जोडीलाई निर्देशन खनालले सुन्दर रुपमा फ्रेमिङ गरेका छन् । साथमा कलाकार पदमप्रसाद अधिकारी पनि अभिनयमा छन् । भिडियोमा छायाँकन आङ्चेन लामाको छ भने सम्पादनको काम टेकेन्द्र शाहले गरेका छन् ।

यसैबीच रचनाकार सरला श्रेष्ठले यो भिडियोबाट जुट्ने सम्पूर्ण ‘रेभिन्यु’ सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेकी छिन् । गीतकार श्रेष्ठले भिडियोबाट प्राप्त हुने रकम विगतदेखि आफूले मद्दत गर्दै आइरहेको शारीरिक तथा मानसिक अशक्तहरुको सेवामा खर्चिने प्रतिवद्धता जनाएकी हुन् ।

 

ताजा खबर