सिटिजन्स बैंक र लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर बीच छुट सम्झैता

२०७८ असोज १८ सोमबार २२:१५:०० मा प्रकाशित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लुजामेक अप स्टुडियो एण्ड स्किन केयर प्रा. ली.बीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डबाहकग्राहक एवं कर्मचारीहरुले लुजामेक अप स्टुडियो एण्ड स्किन केयरका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंककोडेबिट कार्ड नभएकाग्राहकहरुको लागी समेत घरमै बसी निःशुल्क मोबाइल बैकिङ्गमार्पmत डेबिट कार्डको लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्गमार्पmत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे १२ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । 
 

ताजा खबर