कोरोना संक्रमणबाट १० जनाको मृत्यु, एक हजार जना संक्रमणमुक्त

२०७८ असोज १८ सोमबार १७:३४:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८१२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७९८००४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १००० जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७७०२२४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १११७४ पुगेको छ । क्वारेन्टाइनमा २४१ जना रहेका छन् भने आइसोलेसनमा १६६०६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर