प्रिज्मा एड्भर्टाईजिङले मनायो स्थापनाको ३० औँ वार्षिकोत्सव

२०७८ असोज १७ आइतबार २३:३८:०० मा प्रकाशित

काठमाडौँ ।  नेपालको अग्रणी विज्ञापन एजेन्सीमध्येको एक, प्रिज्मा एड्भर्टाईजिङले आफ्नो सफलताको ३०औँ वार्षिकोत्सव मनाएको छ । प्रिज्मा सन् १९९१ अक्टोवर १ मा स्थापना भएको हो । त्यस यता लगातार अघि बढिरहेको प्रिज्माले सबै ग्राहकहरुसँग निकट सम्बन्ध कायम गर्दै सेवाको उच्च स्तरलाई कायम राखेको छ ।

रचनात्मक नेतृत्व र ३६० डिग्रीको ब्रान्ड स्टिवार्डसिपको मूल उद्देश्यबाट अगाडि बढेको प्रिज्मा शुरुवातमाझैँ आजपनि त्यही उद्देश्यलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ । 
प्रिज्मा सन् २००४, २००५, २००६, २००७ र २००८ मा लगातार पाँच वर्ष उत्कृष्ट एजेन्सीको रुपमा सम्मानित एजेन्सी हो ।

प्रिज्माले अमेरिकाको एक प्रतिष्ठित कम्पनी जोन्सन एण्ड जोन्सनले प्रदान गर्ने अन्तर्राष्ट्रिय अवाड बेल रिङगर २०००’समेत जितेको छ । प्रिज्माले सधैं आफूलाई विकसित उद्योगसँग समायोजित गर्दै अगाडि बढिरहेको छ र ग्राहकहरुको माग र अपेक्षाहरुलाई राम्ररी बुझेको प्रिज्मा एड्भर्टाइजिंगको मूख्य विशेषताहरु रचनात्मक डिजाइन, अभियान निर्माणतथा कार्यान्वयन, ब्रान्डको रणनीति तथा विकास, प्रोडक्सन तथा फ्याब्रिकेशन, अडियो भिजुअल निर्माण, मिडिया तथाप्रेस विज्ञप्ति, पब्लिक रिलेशनतथा सामाजिक संजाल र डिजिटल मार्केटिंग रहेका छन् । प्रिज्माले कोका–कोला, बजाज पल्सर, मेरो मोबाइल, एनसेल, अर्घाखाँची सिमेन्ट, नेस्ट्ले, एभरीडे लगायत थुप्रै ग्राहकहरुका लागी सफलतापूर्वक अभियानहरु कार्यन्वयन गरेको छ ।

प्रिज्मा एड्भर्टाइजिंगका सिइओ रञ्जीत आचार्यले भने , “हामीले यो स्थापनाकालको ३० वर्षमनाइरहँदा, यसले मलाई एकछिन अडिएर, हामीलाई यस माइलस्टोनसम्म आइपुग्न मद्दत पुर्याएका सम्बन्धहरु र सपलताहरुको प्रतिबिम्ब गराएको छ । हामीमा सधैं विश्वास गर्ने सरोकारवालाहरु, साझेदारहरु तथा सम्पूर्ण प्रिज्मा परिवारको यस सफलतामा अहम भूमिका रहेको छ।”

ताजा खबर