दशैँलगत्तै बालबालिकालाई कोभिडविरुद्धको खोपः स्वास्थ्य राज्यमन्त्री

२०७८ असोज १७ आइतबार १५:०८:०० मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँलगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । अइतबार कान्ति बाल अस्पतालमा आयोजित कार्यक्रममा  राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको जानकारी दिए ।

यसका लागि ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए । दशैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए । फागुनसम्ममा क्रमशः खोप आउने र बालबालिकालाई लगाइने उनले बताए । राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तीनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए । 
 

ताजा खबर