पशुपतिका बाबामाथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

२०७८ असोज १५ शुक्रबार १८:३५:०० मा प्रकाशित

काठमाडौं । पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनलाई काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको हो । उनका साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

ताजा खबर