कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, ९३८ जना संक्रमणमुक्त

२०७८ असोज १५ शुक्रबार १७:२५:०० मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८९८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ७९५९५९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७६६६९६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १११४८ पुगेको छ । क्वारेन्टाइनमा २४२ जना रहेका छन् भने आइसोलेसनमा १८११५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

ताजा खबर