सनराइज बैंकले ल्यायो 'सनराइज पेरोल लोन'  सुविधा

२०७८ असोज १४ बिहीबार २३:३६:०० मा प्रकाशित

 काठमाडौं । नौलो र समय सापेक्ष सेवा सुविधा प्रदान गर्दै आएको सन्राइज बैंकले विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइज पेरोल लोन  योजना ल्याएको छ । यस योजना अन्र्तगत सन्राइज बैंकमा सनराइज पेरोल सेभिङ अकाउन्ट   भएका कुनै पनि ग्राहकहरुले बिना धितो  १५ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन् ।

योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा रु ५ लाख सम्मको र रु १० लाख सम्मको टर्म लोन  गरी अधिकतम १५ लाखसम्मको कर्जा लिन सक्नेछन् । कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ । उक्त कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । साथै सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको छ । 

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा ए.टि.एम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 
 

ताजा खबर