जगदम्बा मोटर्सले एनटर्कियन राइडको आयोजना गर्दै

२०७८ असोज १४ बिहीबार २३:३३:०० मा प्रकाशित

काठमाडौं । टिभियस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आºनो एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको माइलस्टोनलाई मनाउनको लागि सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजना गरेको छ । 

यो राइड असोज १६ गते नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म हुने छ । भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहसंग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको छ । यो सेलिब्रेसनको मुख्य उद्देश्य भनेको सबै एनटर्किएनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्किएन क्लबको गठन गर्नु हो । यसले सबै राइडरहरुलाई एक अर्का संग जुड्नका लागी र आफ्नो एनटर्किएन अनुभव एक अर्कासँग बाँड्न मद्दत गर्दछ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन्। यो राइड सबै सुरक्षा प्रोटोकलहरुलाई अपनाएर आयोजना गरिदैछ ।

जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवालले भने, “हामी हाम्रो टिभियस परिवारमा ५०,००० सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुशी छौं र सबै एनटर्क राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ । यही संख्याको थप सँगै, हामी हाम्रा राइडरहरुको लागी एक सन्तोषजनक अनुभव प्रदान गर्नको लागी प्रतिबद्ध रहेका छौँं । मलाई आशा छ कि एनटिर्कएनहरुले यसको पूर्ण आनन्द लिने छन् र उनीहरुको हरेक यात्रा आनन्दमय हुनेछ ।”

सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो र त्यहाँ देखि यसले सधैँ आºनो स्थान सुनिश्चित राखेको छ। हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबै भन्दा बढी बिव्रmी हुने स्कुटर बन्न पुगेको छ । अहिले यो यसको इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र उच्च प्रविधिले गर्दा बजारमा उत्कृष्ट प्रदर्शनको पर्यायवाची भएको छ । टिभियसका पाँच प्रकारहरु रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।
    

ताजा खबर