मोरिस ग्यारेजले अल न्यू हेक्टर शाइन २०२१ एसयुभीको लागि बुकिङ शुरू

२०७८ असोज १३ बुधबार २३:४६:०० मा प्रकाशित

काठमाडौं । एमजीमोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर २०२१ शाइन भेरियन्टको बुकिङ शुरू गरेको छ । भारतीय बजारमा लन्च भएपछि सनसनी मच्चाएको  यस गाडी नेपालमा पनि भित्रन आटेको हो । हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउदँछ र यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहनेछ ।


यस गाडीमा विकसित एसयूभीअल–न्यूबोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिश आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक र अन्यथुप्रै सुविधाहरु रहेको छ ।

यो स्टनिंग २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणालीको साथ आउँदछ जसले तपाईँको आफ्नो हरेक यात्राको पललाई आरामदायक बनाउने पक्का गर्दछ ।

एमजी हेक्टर एक विकसित एसयूवी कार हो जसले आफ्नो क्षेत्रमा नयाँ बेंचमार्क स्थापित गरेको छ । यो गाडी २५प्लस सुरक्षाका सुविधाहरुका सांथ इलेक्ट्रोनिकस्टा बिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिलहोल्ड कन्ट्रोल, रियर वाइपर र वाशर, रियर डिफोगर, फ्रन्टफगल्याम्प र गति चेतावनी एलर्टसहित उपलब्ध रहेको छ ।

यो गाडी हभाना ग्रे, क्यान्डी व्हाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वर जस्ता विभिन्न सेड्सहरुमा उपलब्ध हुनेछ ।

ताजा खबर