लक्ष्मी बैंकलाई एसियन डेभलपमेन्ट बैंकको ‘लिडिङ्ग पार्टनर बैंक’ को उपाधि

२०७८ असोज १३ बुधबार २३:३१:०० मा प्रकाशित

 काठमाडौं । एसियन डेभेलपमेन्ट बैंक ले २०२१ को लिडिङ्ग पार्टनर बैंकको उपाधिबाट लक्ष्मी बैंकलाई सम्मानित गरेको छ । सो उपाधि एडिबीको ट्रेड तथा सप्लाई चेन फाइनान्स योजना अन्तर्गत रहेको छ जसमा एडिबीसँग को सहकार्यमा सबैभन्दा बढी कारोबार गर्ने बैंकलाई प्रदान गर्ने गरिन्छ । लक्ष्मी बैंकले सो उपाधि लगातार दोस्रो वर्ष प्राप्त गर्न सफल भएको हो ।
एडिबीले सो उपाधिहरु जुलाई १, २०२० देखि जुन ३०, २०२१ को अवधी भर गरिएको विभिन्न सहकार्यको आधरमा प्रदान गर्ने गरेको छ र सोही अवधिमा लक्ष्मी बैंक ले बिभिन्न साना, मझौला तथा ठूला संस्थाहरुसँग कारोबार गरी सबैभन्दा सकृय साझेदार बैंकको रूपमा प्रस्तुत भएको छ । एडिबीको ‘लिडिङ्ग पार्टनर बैंक’ उपाधिले लक्ष्मी बैंकको व्यापार तथा वित्त, परिचलन क्षमता, वित्तिय स्वास्थ र जोखिम व्यवस्थापान को सुदृधिकारण गर्ने प्रयासहरुलाई अझ सार्थक बनाएको छ ।

हालको कोभिड–१९ को स्थितिका कारण, भर्चुअलु गरिएको पुरस्कार समरोहमा सो उपाधि लक्ष्मी बैंक लाई प्रदान गरिएको थियो । सो कार्यक्रममा २०० भन्दा बढी साझेदार बैंकहरु उपस्थित थिए जसमा २५ बैंक हरुलाई २० वटा श्रेणीमा विभिन्न उपाधिद्वारा सम्मानित गरिएको थियो ।

ताजा खबर