च्याम्पियन्स लिगमा लिभरपुलको लगातार दोस्रो जित

२०७८ असोज १३ बुधबार १२:२७:०० मा प्रकाशित

लिभरपुलले च्याम्पियन्स लिगको समूह चरणको खेलमा लगातार दोस्रो जित हात पारेको छ । समुह बी मा रहेको लिभरपुलले गएराति भएको खेलमा पोर्चुगिच क्लब पोर्टोलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो । पाहुना टोली लिभरपुलका लागि  १८ औं मिनेटमा मोहम्मद सालाहले गोलका खाता खोलेका थिए ।

४५ औं मिनेटमा साडियो मानेले गोल गरेपछि योर्गेन क्लोपको टोली पहिलो हाफमा दुई शून्यले अघि रह्यो । ६० औं मिनेटमा सालहले व्यक्तिगत दोस्रो गोल गरे । ७४ औं मिनेटमा पोर्टोका मेहदी टारेमीले गोल गर्दै लिभरपुलसँगको दुरी कम गर्ने प्रयास गरेका थिए ।

७७ र ८१ औं  मिनेटमा रोबर्टो फिरमिनोले गोल गरेपछि लिभरपुलले सहज जित निकाल्यो । लिभरपुलले क्लबको इहितसामा लगातार छैटौ खेलमा तीन तथा तीन भन्दा बढी गोल गरेको यो केबल तेस्रो पटक हो । दुई खेलमा ६ अंक जोडेको लिभरपुल तालिकाको शीर्ष स्थानमा छ ।

 दोस्रो स्थानमा एट्लेटिको मड्रिड, तेस्रो स्थानमा पोर्टो र चौथो स्थानमा एसी मिलान छ ।  एट्लेटिकोले एसी मिलानलाइ  एक शून्य गोलले पराजित गर्यो । समुह सी को खेलमा बोरुसिया डर्टमन्डले स्पोर्टिङ लिस्बनलाइ एक शुन्यले हरायो । आयाक्सले बेसिक्टासलाई २–० ले हरायो ।
 

ताजा खबर