सेरिफद्वारा रियाल दुई एक गोलले पराजित

२०७८ असोज १३ बुधबार १२:२५:०० मा प्रकाशित

स्पेनिस जाइन्ट रियाल मड्रिड च्याम्पियन्स लिगको समूह चरणमा सेरिफ टिरास्पोलसँग स्तब्ध भएको छ । पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको माल्डोभन क्लब सेरिफले  युरोपको सर्वाधिक सफल टोली रियाललाई दुई एक गोलले पराजित गरेको हो । रियालले आफ्नै मैदान सान्टियागो बर्नाबेउमा अप्रत्यासित हार बेहोर्यो ।

सेबास्टियन थिलले खेल सकिन एक मिनेट बाँकी हुँदा विजयी गोल गरेका थिए । रियाललाई पराजित गरेपछि  सेरिफले लामो समय खुशीयाली मनायो । २५ औं मिनेटमा यासुरबेक याक्सिबोएभको गोलमार्फत सेरिफले अग्रता लिएको थियो । ६५ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए ।

तर ८९ औं मिनेटमा थिलले गोल गरेपछि घरेलु मैदान शान्त बनेको थियो । खेलपछि सेरिफका कप्तान फ्राङक कास्टानेडालाई रियाल विरुद्धको जितलाई ड्रिम कम ट्रु को रुपमा याख्या गरे ।  घरेलु टोली रियालले ७६ प्रतिशत वल पोसेसनमा राख्दै कुल ३१ सट प्रहार गरेको थियो ।  जसमा ११ सट अन टार्गेट थिए ।

तर सेफरिनले पुरै खेल अवधिभर तीन सट प्रहार गर्दा दुइ गोल गर्यो । सेरिफाको यो सिजन मड्रिडमा खेलिएको  च्याम्पियनस लिगको यो दशौं खेल हो । च्याम्पियन्स लिगको समुह चरणमा पहिलो पटक स्थान बनाउने क्रममा सेफरिनले चार चरणको छनोट पार गरेको थियो ।

समूहको पहिलो खेलमा उसले शाख्तर डोनेस्कलाई पराजित गरेको थियो । सेरिफ दुई खेलबाट ६ अंक जोड्दै समुह डी को शीर्ष स्थानमा छ । रियाल ३ अंक सहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको इन्टर मिलान र चौथो स्थानको शाख्तरको समान एक एक अंक छ । गएरातीनै भएको खेलमा इन्टर मिलान र शाख्तरले गोल रहित बराबरी खेलेका थिए । 

ताजा खबर