पिएसजीबाट मेसीको पहिलो गोल

२०७८ असोज १३ बुधबार १२:१९:०० मा प्रकाशित

लियोनल मेसीले पेरिस सेन्ट जर्मेन पिएसजीबाट पहिलो गोल गरेका छन् । च्याम्पियन्स लिग समुह चरणको खेलमा पिएसजीले  म्यानचेस्टर सिटीलाइ दुई शून्यले पराजित गर्दा मेसीले एक गोल गरे । घरेलु मैदानमा गएराति भएको खेलमा पिएसजीले आठौं मिनेटमा इड्रिस गे को गोल मार्फत अग्रता लिएको थियो ।

उनले किलियन एम्बाप्पे, नेइमार हुदै आएको क्रसलाई गोलमा परिणत गरेका हुन् । २६ औं मिनेटमा सिटीले  बराबरी गोल फर्काउने सुनौलो अवसर गुमायो । रहिम स्र्टलिङको हेडर बारमा लागेर फर्कियो । सोही रिबाउन्ड वलमा बर्नान्डो सिल्भाले गरेको प्रहार पनि बारमानै लागेर बाहिरिदा सिटी अभागी सावित भयो ।

५५ औं मिनेटमा केभिन डि ब्रुयनाको प्रहार पिएसजी गोलकिपर डोनारुम्माले विफल पारिदिए । पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेका डोनारुम्मा सिटीका लागि बाधक बनेका थिए । उनले सिटीका कुल सात प्रहारको बचाउ गरे । ७४ औं मिनेटमा मेसीले गोल गरेपछि पिएसजी दुई शून्यले विजयी भयो ।

मध्य भागबाट बल अगाडि बढाएका मेसीले एम्बाप्पे संगको वान टु वानमा गोल गरे । पिएसजीबाट मेसीकोे चौथो खेलमा यो पहिलो गोल हो । यसअघिका तीन खेलमा मेसीलाइ चोट र फिटनेशमा समस्या देखिएको थियो । उनले एसिस्ट पनि गर्न सकेका थिएनन् । च्याम्पियन्स लिगमा अर्जेन्टाइन स्ट्राइकरको १ सय २१ औं गोल हो   ।

१ सय २० गोल मेसीले बार्साका लागि गरेका हुन् । प्रिमियर लिगमा चेल्सिलाई एक शून्य गोलले पराजित गर्दै उच्च मनोबलका साथ पिएसजी विरुद्ध उत्रिएको  पेव ग्वार्डिवालाको टोली सिटीले जित हात पार्न सकेन ।

च्याम्पियन्स लिगको समूह चरणमा सिटी सन् २०१८ , सेप्टेम्बर यता पराजित भएको यो पहिलो पटक हो । सो वेला लियोनले सिटीलाइ दुइ एक गोलले हराएको थियो । जीतपछि पिएसजी २ खेलबाट ४ अंक जोड्दै समुह ए को शीर्ष स्थानमा छ ।  तीन अंकका ासथ सिटी तेस्रो स्थानमा छ । दोस्रो स्थानमा क्लब बर्ग र चौथो स्थानमा लाइपजिग छ । गएराती भएको खेलमा क्लब बर्गले लाइपजिगलाई दुई एक गोलले हरायो । 
 

ताजा खबर