नेपाल आइडलमा जोडिन पाउँदा नयाँ जजहरु मख्ख 

२०७८ असोज १२ मंगलबार १५:२५:०० मा प्रकाशित

काठमाडौं । सांगीतिक रियालीटी शो नेपाल आइडलको चौथो सिजनको चहलपहल सुरु भइसकेको छ । 

भदौ ३ बाट लिइएको डिजिटल अडिशन पुरा भएको छ । देश बिदेशमा रहेका १६ देखि ३० वर्ष उमेर समूहका नेपाली सहभागी हुन पाउने डिजिटल अडिसनबाट उत्कृष्ट प्रतिभा छानिनेछन् । 
अडिसनकै क्रममा यतिबेला नेपाल आइडलका नयाँ निर्णायक (जज)को बेग्लै रौनक छ ।

 

नयाँ निर्णायकमा शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान चयन भएका छन् । अघिल्ला सिजनहरुमा इन्दिरा जोशी, न्ह्यू बज्राचार्य र कालिप्रसाद बाँसकोटा निर्णायक थिए । पुराना निर्णायक ‘नेपाल आइडल लिटिल च्यालेन्ज’ मा सरुवा भएका छन् । 

निर्णायकमा चुनिएपछि वरिष्ठ संगीतकार एवम् गायक बाँस्कोटाले नेपाल आइडलमा आउने सपना पुरा भएकोमा खुशी व्यक्त गरे ।
 
गायक पोखरेल र गायिका मोक्तानले पनि नेपाल आइडलसँग सहकार्य गर्न पाउँदा आफू खुशी भएको बताए ।

नेपाल आइडल सिजन ४ मा तीनजना निर्णायकसहित टीकटक स्टार तथा मोडेल रेस्मा घिमिरे पनि छिन् । 
 

ताजा खबर