युवा उद्यमी सौरभ दुगड प्रबल जनसेवाश्री बाट सम्मानित

२०७८ असोज ११ सोमबार २३:३८:०० मा प्रकाशित

काठमाडौं । के एल दुगड ग्रुप का निर्देशक सौरभ दुगडलाई प्रबल जनसेवा श्री मानपदबी बाट विभूषित गरिने घोषणा गरिएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट युवा उद्यमी तथा समाजसेवी मध्यमै सौरभ दुगरलाई उक्त सम्मानको घोषणा गरिएको हो ।

मुलुकमा युवा उद्यमशिलताको विकास, समग्र औद्योगिक व्यवसायिक क्षेत्रको विकासमा युवा उद्यमी सौरभ दुगडले महत्वपूर्ण कार्य गर्दै आएका छन् । युवा तथा जागरिला उद्यमी सौरभ दुगड सामाजिक सेवाका क्षेत्रमा पनि त्यत्तिकै सकृय छन्। समाज तथा समग्र औद्योगिक क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरुप  दुगडलाई सो मानपदवी प्रदान गरिने भएको कम्पनीले जनाएको छ।

ताजा खबर