पटक पटकको प्रयासमा पनि अवतरण नभएपछि के भयो बुद्ध एयरको जहाजभित्र(भिडियोसहित)

२०७८ असोज ११ सोमबार १७:१४:०० मा प्रकाशित

काठमाडौँ । सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्डिङ्ग गियर नखुलेका कारण विराटनगरमा अवतरण हुन सकेन । त्यसपछि जहाज काठमाडौं फर्कियो । तर ल्याण्डिङ्ग गियर नखुलेका कारण जहाज काठमाडौंमा पनि अवतरण हुन सकेन । धेरै पटक प्रयास गर्दा पनि काठमाडौंमा पनि अवतरण हुन सकेन ।

करिव दुई घण्टा आकाशमा घुमेको जहाज अन्तिम समयमा त्रिभुवन विमानस्थलमा सकुशल अवतरण गर्यो । ७३ यात्रु रहेको जहाज बुद्ध एयरका सिनियर पाइलट आङ्गेलो शेर्पाले उडाएका थिए । काठमाडौंमा अवतरण हुने आशासहित फर्किएका यात्रु जब अत्तालिन थाले विमानस्थलमा देखिएका एम्बुलेन्स, दमकल, सेना अनि प्रहरी लामबद्ध देखेपछि आत्तिएका थिए ।

जहाजमा रहेका यात्रुले पाइलटको अनुभवका कारण आफूहरुले दोस्रो जीवन पाएको बताएका छन् । विमानमा बालबालिकासमेत रहेकोले लामो समयसम्म आकाशमै होल्ड हुँदा रुवाबासी चलेको बताए । जहाजमा रहेका एकयात्रु प्रताप लिम्बूले जहाजबाटै हामफाल्ने मनस्थितिमा पुगेको बताए ।
 

भिडियो धर्मराज ढकालको फेसबुकबाट

243123396_407182204136135_3335066092811018719_n.mp4

243177575_230549722454974_6707556885917415156_n.mp4

 

ताजा खबर