मनिके मगे हिथे ः श्रीलंकाली गायिकाको विश्व हल्लाउने गीत

२०७८ असोज ११ सोमबार १३:३७:०० मा प्रकाशित

काठमाडौं । एउटा यस्तो गीत, जसले यतिबेला विश्वभरका श्रोता दर्शकलाई झुमाइरहेको छ । मानौं, विश्वलाई संगीतको तालमा हल्लाइरहेको छ । 

मूल गीत हिट भएन, तर यसकै ‘फिमेल भर्सन’ चाहिँ यतिबेला ‘मेगा भाइरल’ भएको छ । सामाजिक संजाल, भाइरल नृत्य, ह्वाट्सअप स्टाटसदेखि इन्स्टाग्राम रिल्ससम्म विश्वभरीका श्रोता दर्शक यही गीत शेयर गरिरहेका छन् । 

श्रीलंकाकी गायिका एवं ¥यापर योहानी डिलोका डिसिल्वाले सिंहाली भाषामा गाएको ‘मनिके मगे हिथे’ अहिलेसम्म साढे बाह« करोड दर्शकले हेरिसकेका छन् । हालसम्म योहानाको गायनलाई नै पछ्याएर करीब सयभन्दा बढी भाषामा यो गीतको ‘कभर भर्सन’ गाइएको छ । 

‘मनिके मगे हिथे’ को मौलिक गीतमा गायक सतीशन रत्नायक स्वर छ । तर, योहानीको मिठो आवाजले भरिएको फिमेल भर्सन नै भाइरल भयो । योहानाको हाउभाव र स्वरप्रति दर्शक लठ्ठिएका छन् । 

श्रीलंकामाभन्दा यो गीत भारत र अन्य मुलुकमा बढी रुचाइएको छ । बलिउडका महानायक अमिताभ बच्चनले समेत यो गीत शेयर गरेका छन् । 

हालै मात्र यही गीतमा नृत्य गरिरहेकी एक विमान परिचारिकाको भिडियो भाइरल भयो । इन्डिगो फ्लाइटस्की परिचारिका आयत (आफरीन) ले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो अपलोड गरेकी छन् । भिडियोमा युनिफर्ममै उनी खाली विमानमा ‘मनिके मगे हिथे’ गीतको तालमा नाचीरहेको देखिन्छ । यो भिडियो अहिलेसम्म करीब १४ करोडले हेरिसकेका छन् ।

भारतका महानायक अमिताभ बच्चनले आफु अभिनित चलचित्रको एक दृश्यको ब्याकग्राउण्डमा योहानीकै गीत राखेर तयार गरिएको क्लीप सामाजिक संजालमा शेयर गरेका छन् । अमिताभले लेखेका छन्, ‘मेरो यो कालियाको गीतलाई कुनै नयाँ प्रतिभाले सम्पादन गरेका रहेछन् । तर, इमानदारीपूर्वक । मनिके मगे हिथे....पुरै रात लूपमा चलिरह्यो, यो गीत सुन्नबाट रोक्न असम्भव छ, उम्दा लाग्यो ।’

गायिका योहानीको जन्म श्रीलंकाको राजधानी कोलम्बोमा ३० जुलाई, १९९३ मा भएको हो । उनले सन् २०१६ बाट आफ्नो करीअर एक यूटयूबरका रुपमा सुरु गरेकी थिइन् । उनका गीत र ¥याप श्रोता÷दर्शकले मन पराउन थाले । हालै मात्र योहानीलाई श्रीलंकामा ‘¥याप प्रिंसेज’ को उपाधि दिइएको छ । 

योहानी गायिका मात्र हैनन् । एक व्यवसायिक पौडीबाज अनि पोलो खेलाडी पनि हुन् ।

‘मनिका मगे हिथे’ गीत सयभन्दा बढी भाषामा छन् । नेपाली भाषामा पनि यो गीतको कभर भर्सन सुन्न सकिन्छ । भारतमा धेरै चर्चित भएकाले भारतका बंगाली, गढवाली, गुजराती, मराठी आदि धेरै भाषामा यो गीत गाइएको छ । 

आफ्ना फ्यानको अनुरोधमा योहानीले मल्यालम र तमील भाषाको भर्सन पनि गत २६ जुलाइमा रिलिज गरीसकेकी छिन् । 

विश्वभरीको आँकडा गणना गर्दा हालसम्म योहानीको गीतका दर्शक तीस करोड नाघिसकेका छन् । 

सिंहाली भाषाको गीतको एक अंशको नेपाली भावानुबाद यस्तो छ-

‘मनिके मगे हिथे
मुदुवे नुरा हंगुम यावी अविलेवी..’
(मेरो मुटुमा प्यारी, हरेक भावुक विचार तिम्रै बारेमा हो, जस्तै बलिरहेको आगो ।)
‘रुव नारी
मनहारी 
सुकुमाली नुम्ब थबा’

(तिमी एक देवी झैं देखिन्छौं ।
मेरो मन प्रफुल्लित छ ।
तिमी सबैभन्दा प्यारी छौ ।)


 

ताजा खबर