आइपिएलमा बैङ्लोरद्वारा मुम्बइ इन्डियन्स ५४ रनले पराजित

२०७८ असोज ११ सोमबार ०९:०८:०० मा प्रकाशित

इन्डियन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बैङलोरले लगातार हारको श्रृंखलामा पूर्ण विराम लगाएको छ । गएराति भएको खेलमा बैङलोरले मुम्बइ इन्डियन्सलाई ५४ रनले पराजित गर्यो । विराट कोहलीको कप्तानीमा रहेको बैङलोरले यसअघिका तीन खेलमा पराजय बेहोरेको थियो ।

दुबई इन्टरनेशनल स्टेडियममा टस हारेर ब्याटिङ गरेको बैङलोरले ओपनर देवदत्त पाडिकललाई शून्यमा गुमाएको थियो । अर्का ओपनर कोहली र श्रीकर भरतले दोस्रो विकटेका लागि ६८ रनको साझेदारी गर्दै पारी सम्हाले । कोहलीले ४२ वलमा ५१ रन जोडे । भरत २४ वलमा ३२ रन बनाउदै आउट भएका थिए ।

ग्लेन म्याक्सवेलले ३७ वलमा ५६ रनको योगादान गरे । एबि डि भिल्लयसलै ११ रन बनाएका थिए । वलिङ तर्फ जस्प्रित बुमराहले ३, ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चाहरले १–१ विकेट लिए । जवाफमा मुम्बइ १८ ओभर १ वलमा १ सय ११ रनमा अल आउट भयो ।

रोहित शर्मा र क्विन्टन डि ककले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गर्दै  राम्रो सुरुवात दिलाएका थिए । तर यी दुइको साझेदारी तोडिएसँगै संकटमा परेको मुम्बइ सम्हालिन सकेन । म्याक्सवेलले डि ककलाई २४ र रोहितलाई ४३ रनमा आउट गर्दै बैङलोरलाई खेलमा फर्काएका थिए ।

बाँकी खेलाडीले दोहोरो रन छुन सकेनन्  । इशान किशन ९, सुर्यकुमार यादव ८, क्रुनाल पान्डेया ५, काइरोन पोलार्ड ७, हार्दिक पान्डेया ३ रनमा मैदान बाहिरिए । बैङलोरका हर्षल पटेलले १७ औं ओभरमा ह्याट्रिक लिएका थिए । उ

नले हार्दिक पान्डेया, पोलार्ड र चाहरलाइ आउट गरेका थिए । पटेलले ४, युजबेन्द्र चाहलले ३, म्याक्सवेलले २ र मोहम्मद सिराजले १ विकेट लिए । १० खेलबाट १२ अंक जोडेको बैङलोर तेस्रो स्थानमा छ ।  मुम्बइ ८ अंकका साथ सातौं स्थानमा छ ।
 

ताजा खबर