प्रिमियर लिगमा आर्सनलले लगातार तेस्रो जित

२०७८ असोज ११ सोमबार ०९:०१:०० मा प्रकाशित

इङ्लिस प्रिमियर लिगमा आर्सनलले लगातार तेस्रो जित हात पारेको छ । गएराति  घरेलु मैदान इमिरेट्समा भएको खेलमा आर्सनलले टोटनहम माथि तीन एक गोलको जित हात पार्यो ।  आर्सनलले १२ औं मिनेटमानै इमिल स्मिथ रोवीको गोलमा अग्रत लिएको थियो  ।

उनका लागि बुकायो साकाले क्रस उपलब्ध गराएका थिए । २७ औं मिनेटमा पियरे इम्रिके अबोमयाङले गोल गरेपछि आर्सनल  दुई शून्यले अघि रह्यो  । अबोमयाङको गोलका लगि स्मिर रोवीले सहयोग गरेका थिए । ३४ औं मिनेटमा साकाले गोल गरेपछि आर्सनल पहिलो हाफमानै तीन शून्यको वलियो स्थितिमा पुगेको थियो ।  

गत जनवरी यता साकाको आर्सनलका लागि  यो पहिलो प्रिमियर लिग गोल हो । दोस्रो हाफमा टोटेनहमले सुधारिएको प्रदर्शन गरेको थियो । हेरी केनले गोलको सुनौलो अवसरको सदुपयोग गर्न सकेनन् । सन हिउङ मिनले ७९ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

 जारी सिजन प्रिमियर लिगमा सुरुका तीन खेल हारेको आर्सनल पछिल्ला तीन खेलमा भने अपराजित छ । म्यानचेस्ट सिटी संग ५–० गोलले हारेयता आर्सनलले हार बेहोरेको छैन् । टोटेनहमको भने खराब प्रदर्शन जारी छ । उसको यो लगातार तेस्रो हार हो । जितपछि आर्सनल ६ खेलबाट ९ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । समान अंक भएको  टोटेनहम एघारौ स्थानमा झर्यो । प्रिमियर लिगको अर्को खेलमा उल्भ्सले साउथह्याम्पटनलाई १– ० गोलले हरायो । 
 

ताजा खबर