रेनोको शुभ कार.–रम्भ योजना, गाडी खरीदमा तीन लाखसम्म फाइदा

२०७८ असोज १० आइतबार २३:४८:०० मा प्रकाशित

काठमाडौं ।  नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले आफ्नो विशेष चाड योजना“रेनोशुभ कार.–रम्भ” को शुरुवात गरेको छ ।  ट्यागलाइन“चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” सँगै यो योजनादशैं–तिहार २०७८ को पावन अवसरमा थुपै्र पाइने फाइदाको साथ आएको छ ।

रेनो गाडीको खरिदमा ग्राहकहरुले नगद ३ लाख सम्मको कुल फाइदा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरु यस योजनाअन्तर्गत सजिलो फाइनान्स, १ वर्षको निःशुल्क सडक कर, २ वर्षको लागानीःशुल्क सर्भिसिंग र ५ बर्षसम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुनेछन् ।

यी आकर्षक अफरहरु ग्राहकको खुशीका महत्वपूर्ण पलहरु हुने छन् । किनकी यसले एकातिर ग्राहकहरुलाई उत्कृष्ट लाभ प्रदान गर्दछन् भने अर्कातिर ग्राहकहरुले आफ्ना हरेक दिनलाई नयाँ रेनो कारहरुका साथ अद्भुत बनाउन सक्दछन् । यो उत्सवको मौसममा रेनो कारको खरिदका साथ ग्राहकहरुले आनन्द प्राप्त गर्न सक्नेछन् र सदा समृद्धिसँंग आफ्नो जीवन शैलीलाई सजाउन सक्नेछन् ।

यो योजना रेनो डस्टर, रेनोकाइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहनेछ ।
 

ताजा खबर