सोमबारदेखि काठमाडौंमा १८ वर्षमाथिकालाई खोप लगाइने

२०७८ असोज १० आइतबार १४:२७:०० मा प्रकाशित

काठमाडौं । असोज ११ गतेदेखि काठमाडौंमा १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिएका छन् ।

खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौैंले जनाएको छ ।

 

ताजा खबर