कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव फेला

२०७८ असोज १० आइतबार १२:५५:०० मा प्रकाशित

काठमाडौँ । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव पाँच दिनपछि ललितपुरको घुसेलस्थित वाग्मती नदी किनारमा फेला परेको छ ।

काठमाडौं महानगरपालिका–६ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेका १० वर्षीय उज्ज्वल विक गत मंगलबार रातिदेखि बेपत्ता थिए ।

प्रहरीले खिचेको फोटोमा परिवारले बालकको शव पहिचान गरेको महानगरीय प्रहरी प्रभाग कपनकी प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिएकी छन् । ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यका अनुसार शव सडेको अवस्थामा फेला परेको छ ।

ताजा खबर