सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश वितरण गर्ने

२०७८ असोज ९ शनिबार २३:२५:०० मा प्रकाशित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस र ३.०८७ प्रतिशत नगद (कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव असोज ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ ।


हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । १२.९१३ प्रतिशत बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी १४ अर्ब १९ करोड रुपैयाँ पुग्ने छ ।

प्रस्तावित १६ प्रतिशत लाभांश तीन वर्षयताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, बैंकले आव २०७५/७६ र आव २०७४/७५ बाट क्रमशः १५ प्रतिशत र ५.२६३ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट भने सेयरधनीलाई १७ प्रतिशत खुवाएको थियो ।

ताजा खबर