दराजले ल्यायो दशैं धमाकाः निःशुल्क सिपिंगदेखि टीभीएस एनटर्क १२५ उपहारसम्म

२०७८ असोज ९ शनिबार २३:२३:०० मा प्रकाशित

काठमाडाैं । नेपालको अग्रणी अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ । अभियान असोज १० देखि सुरु हुने जनाइएको छ ।

यो अफरमा ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा छुट पाउने कम्पनीले जनाएको छ। अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री–पेमेन्टमा २० प्रतिशतको छुट, ५ हजारसम्मको मेगा भाउचर, ५० हजार मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ।


त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेका छन्। अभियानको थप विवरण तल उल्लेख गरिएको छ ।

विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्।

यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट शुन्य ब्याजमा सजिलो मासिक किस्ता योजनाको फाइदा लिन सक्नेछन् । साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १० प्रतिशत सम्मको अतिरिक्त छुट पाउन सक्नेछन्। दराज प्रयोगकर्ताहरुलाई छुट प्राप्त गर्नको लागी आफ्नो बैंक कार्ड सक्रिय गर्न सल्लाह दिइएको छ ।

यसै गरि दशैं धमाकामा सामसुङदेखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेको छ भने रियलमि सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ । साथै दराज दशैं धमाकाको ग्राहकहरुले आधिकारिक ब्रान्डहरुमा थुप्रै छुट पाउन सक्नेछन्।

अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा बिशेष छुट

दशैं धमाकामा एम आई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियल मि जस्ता पार्टनर ब्रान्डहरुले ७० प्रतिशत सम्मको छुट प्रस्ताव गरिरहेका छन् ।

ग्राहकहरुले दराजको ग्लोबल कलेक्सन मार्फत भारतको केहि उत्कृष्ट ब्रान्ड – उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरि ७०% सम्मको छुट पाउन सक्नेछन्।

हामी हाम्रो वार्षिक दशैं धमका अभियान सुरु भएकोमा निकैनै उत्साहित छौं, यसपालीको दशैं धमाकामा हाम्रो ग्राहकहरुको लागि थुप्रै अफर, छुटहरु रहेको छ र हामी आशा गर्छौ कि हाम्रा ग्राहकहरुलाई यो बर्ष अझ धेरै रमाईलो अनुभव हुनेछ,’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिङ्गले भने ।

ताजा खबर